Kathmandu Press

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको ११औं संस्करण सम्पन्न 

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको ११औं संस्करण सम्पन्न 

काठमाडौं, चैत १८ : सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा सञ्चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण बुधबार सम्पन्न भएको छ । 

रक्षा मन्त्रालयको आयोजनामा चैत १ गतेबाट सुरु भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिममा राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र अनुभव आदानप्रदान गर्न विभिन्न मन्त्रालय, विश्वविद्यालय, सञ्चार जगत तथा सुरक्षा निकायहरूबाट ३० जना तालिममा सहभागी थिए।

Hardik ivf

बुधबार तालिमको समापन गर्दै प्रधान सेनापति अशोक राज सिग्देलले यस किसिमको तालिमबाट राष्ट्रिय सुरक्षाको विषयमा साझा धारणा विकास भई विभिन्न निकायहरूले समन्वय र सहकार्यका साथ गर्ने एकीकृत प्रयासबाट सुरक्षा नीतिहरूको सफल कार्यान्वयन हुने विश्वास प्रधानसेनापतिले व्यक्त गरेका थिए।

समारोहमा पूर्व प्रधानसेनापति, रक्षा सचिव, विपद् व्यवस्थापन प्राधिकरण प्रमुख, सशस्त्र प्रहरी महानिरीक्षक, रथीवृन्द, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा  पदाधिकारीहरू, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, अधिकृत तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय सुरक्षाको बहुआयामिक पक्षहरूमा समान बुझाई तयार गरी राज्यका सम्पूर्ण संयन्त्रहरुबीच एकीकृत कार्य संस्कृतिको विकास गर्ने उद्देश्यले २०७२ सालबाट सुरु भएको यस तालिमबाट हालसम्म २८२ जना प्रशिक्षित भई सकेका नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, चैत १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्