Kathmandu Press

पर्सा पुगेर रविले बुझ तारेख

सहकारी गठी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन्।
पर्सा पुगेर रविले बुझ तारेख

पर्सा, चैत १८ : सहकारी गठी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन्।

पर्सामा रहेको सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा रविविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा छ।

Hardik ivf

बुधबार सिमरा हुँदै विरगञ्ज आएका लामिछानेले पर्सा जिल्ला अदालतमा उपस्थित भई म्याद बुझ्नेका हुन्। अदालतमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी सोही दिन अपराह्न सुरक्षा व्यवस्थाकाबीच काठमाडौं फर्किएका छन्।

अदालत परिसरमा उनको उपस्थितिलाई मध्यनजर गर्दै बिहानदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी सम्भावित भिड व्यवस्थापन गरिएको थियो। लामिछाने अदालत पुग्दा उनका समर्थकहरू पनि आसपास क्षेत्रमा भेला भएका थिए।

फागुन २१ मा भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका रविविरुद्ध पर्सासँगै काठमाडौं, पोखरा, चितवन र रुपन्देहीमा पनि सहकारी गठीको मद्दा छ। 

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, चैत १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्