Kathmandu Press

सभामुखको निर्वाचन चैत २२ गते

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि २२ गतेको मिति तय भएको हो। 
सभामुखको निर्वाचन चैत २२ गते

काठमाडौं, चैत १८ : प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि २२ गतेको मिति तय भएको राप्रपाकी सांसद खुस्बु ओलीले बताइन्।

Hardik ivf

‘२२ गते सभामुखको निर्वाचन गरेर पदबहाली नै गर्ने भन्ने छ । अहिले सम्म को बन्ने त्यो कुरा भएको छैन,’ उनले भनिन्। त्यसका लागि चैत २० गते मनोनयन दर्ता गर्ने प्रस्ताव गरिएको छ। 

यसैगरी सर्वदलीय बैठकमा सर्वदलीय बैठकमा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने सम्बन्धित विषयमा पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

‘प्रतिनिधिसभाको बैठक सुचारु गर्न सर्वदलीय बैठकमा छलफल गरियो । यसमा कुनै दलले विशेष प्रस्ताव भने राखेको छैन । तर प्रतिनिधिसभाको बैठक सुचारु हुने देखिएको छ,’ उनले भने।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक संसद् सचिवालयको आह्वानमा बसेको हो। 

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, चैत १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्