प्रहरी परिसर काठमाडौं पुगे गृहमन्त्री गुरुङ
बुधबार उनले सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र अवस्थाबारे जानकारी लिन परिसरको निरीक्षण गरेका हुन्।
काठमाडौं, चैत १८ : गृहमन्त्री सुधन गुरुङले प्रहरी परिसर काठमाडौंको अवलोकन गरेका छन्।
बुधबार उनले सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र अवस्थाबारे जानकारी लिन परिसरको निरीक्षण गरेका हुन्।
अवलोकनका क्रममा गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीसँग भेटघाट गर्दै दैनिक कार्यसम्पादन, चुनौती तथा आवश्यकताबारे जानकारी लिएका थिए।
गृहमन्त्री बनेसँगै गुरुङ प्रहरी भवनहरुको निरीक्षण गरीरहेका छन्।
प्रकाशित मिति: १३:१९ बजे, बुधबार, चैत १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1775649962.jpg)