मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा
चितवन क्षेत्र नं. ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित विक्रम बाबा मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे उल्लेख गरेकी छन्।
चितवन, चैत १८ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन्।
चितवन क्षेत्र नं. ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित विक्रम बाबा मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे उल्लेख गरेकी छन्।
‘आज चितवन क्षेत्र नं. ३ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुग्ने सौभाग्य मिल्यो। विक्रम बाबा मेला, थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्परा, आज सबैको साझा धार्मिक उत्सव बनेको छ,’ सामाजिक सञ्जालमा लेखेकी छिन्।
उनले विक्रम बाबा मेला समयसँगै सबै समुदायको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विकसित भएको बताएकी छिन।
उनले रुख, वन र नदीजस्ता प्राकृतिक स्रोतहरू मानव अस्तित्वका आधार रहेको उल्लेख गर्दै प्रकृति पूज्ने परम्पराले संरक्षणको भावना अभिवृद्धि गर्ने बताइन्।
‘मैले पनि आज सालको रूखको फेदमा पूजा गरे । रुख, वन र नदी हाम्रा प्राकृतिक स्रोतसँगै हाम्रो अस्तित्वका आधारहरू पनि हुन्, र प्रकृति पूज्ने परम्पराले प्रकृति जगेर्नाको भाव प्रवद्र्धन गर्छ । विक्रम बाबाको आशीर्वादले लोककल्याण होस्, नेपाल र नेपालीको कल्याण होस्,’ उनले थप लेखेकी छन्।
मन्त्री गौतमले विक्रम बाबाको आशीर्वादले समग्र जनताको कल्याण, देशको समृद्धि तथा नेपालीहरूको हित हुने विश्वास व्यक्त गरेकी छन्।



-1790332718.jpg)




-1790332718.jpg)


