Kathmandu Press

संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक बस्दै

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन बोलाइएसँगै बैठकको मिति तय गरिएको हो ।
संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, चैत १८ : संघीय संसद् सचिवालयले आज सर्वदलीय बैठक आह्वान गरेको छ । सर्वदलीय बैठक आज दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन बोलाइएसँगै बैठकको मिति तय गरिएको हो ।

Hardik ivf

बिहीबार (चैत १९) दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । सोही बैठकका विषयमा छलफल गर्न संसद्‌मा प्रतिनिधित्व गर्ने ६ दलको बैठक बोलाइएको हो । 

सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले संसद्को अध्यक्षता गर्नेछन् । 

प्रकाशित मिति: ०८:१७ बजे, बुधबार, चैत १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्