कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज
कांग्रेसको संस्थापनइतर पक्षले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई लिएर विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षले आपत्ति जनाएको छ ।
काठमाडौं, चैत १८ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने छ ।
कांग्रेसको संस्थापनइतर पक्षले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई लिएर विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षले आपत्ति जनाएको छ ।
संस्थापनइतर पक्षले काठमाडौंको धुम्बाराहीस्थित एक होटेलमा हिजो (चैत १७) देखि केन्द्रीय कार्यसमिति भेला जारी राखेको छ ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सभापतिका रूपमा इतर पक्षले अस्वीकार गरेको छ ।
प्रकाशित मिति: ०८:१५ बजे, बुधबार, चैत १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1774968314.jpg)