Kathmandu Press

पर्यटन क्षेत्रलाई सुदृढ र प्रतिस्पर्धी बनाउन रास्वपा पर्यटन विभागले थाल्यो छलफल 

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय पर्यटन विभागले समन्वय गरेको छलफलमा मन्त्री पौडेलसहित पर्यटन क्षेत्रमा आबद्ध विभिन्न व्यवसायीको उपस्थित रहेको थियो । रास्वपाको तर्फबाट विभाग प्रमुख पाण्डे सहित विभागका बागमती प्रदेश प्रमुख लक्ष्मण सिटौला लगायतका उपस्थित रहेका थिए । 
पर्यटन क्षेत्रलाई सुदृढ र प्रतिस्पर्धी बनाउन रास्वपा पर्यटन विभागले थाल्यो छलफल 

काठमाडौं, चैत १८ : नेपालको पर्यटन क्षेत्रलाई सुदृढ र प्रतिस्पर्धी बनाउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय पर्यटन विभागले छलफल थालेको छ । पर्यटन मन्त्री खडक राज पौडेल (गनेस) सहित  पर्यटन क्षेत्र आबद्ध सरोकारवालाबीच विस्तृत छलफल शुरु गरेको रास्वपा केन्द्रीय पर्यटन विभागका प्रमुख सुमन पाण्डेले जानकारी दिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय पर्यटन विभागले समन्वय गरेको छलफलमा मन्त्री पौडेलसहित पर्यटन क्षेत्रमा आबद्ध विभिन्न व्यवसायीको उपस्थित रहेको थियो । रास्वपाको तर्फबाट विभाग प्रमुख पाण्डे सहित विभागका बागमती प्रदेश प्रमुख लक्ष्मण सिटौला लगायतका उपस्थित रहेका थिए । 

Hardik ivf

छलफलमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई कसरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल केन्द्रित बनेको सहभागी पाण्डेले जानकारी दिए । उनका अनुसार दुई मुख्य अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन सकेमा पर्यटन क्षेत्रलाई थप मजबुत बनाउने सकिने राय सहभागीहरूले दिएका छन् । 

नेपाल वायुसेवा निगमको सुदृढीकरणको सन्दर्भमा पनि सहभागीहरूले सुझाव दिएको उनले बताए । पर्यटन क्षेत्रमा डिजिटल प्रवर्द्धनलाई प्रभावकारी बनाउने, सामाजिक सञ्जाल, वेबसाइट र अनलाइन मार्केटिङमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच विस्तार गर्ने योजना पनि छलफलमा उठाईएको छ । 

प्रकाशित मिति: २२:३४ बजे, मंगलबार, चैत १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्