Kathmandu Press

गौरीशंकर सुपर लिग चैत २९ देखि हुने

करिब ९ लाख रुपैयाँको लागतमा अनुमान गरिएको प्रतियोगिताको विजेताले  १ लाख रुपैयाँसहित ट्रफी, दोस्रो हुनेले ५० हजार र ट्रफी प्राप्त गर्ने आयोजक दोलखा क्रिकेट संघले जनाएको छ।
गौरीशंकर सुपर लिग चैत २९ देखि हुने

काठमाडाैं, चैत १७ : क्रिकेट क्लब र एकेडेमीहरूबीच गौरीशंकर सुपर लिग क्रिकेट हुने भएको छ। टि–२० फर्म्याटमा हुने लिग काठमाडौंस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा चैत २९ गतेदेखि सञ्चालन हुने छ।

दोलखा जिल्ला क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता वैशाख ९ गतेसम्म चल्ने छ। 

Hardik ivf

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दोलखा क्रिकेट संघले प्रतियोगितामा १८ वटा क्रिकेट क्लब तथा एकेडेमीहरूको सहभागी हुने जनाकारी दियो।

प्रतियोगितामा केडिसिए ११, ग्रेट हिमालय क्रिकेट एकेडेमी, सिईसी भक्तपुर, सिईसी काठमाडौं, बालुवाटार क्रिकेट क्लब, हिमालय स्पोर्ट्स म्यानेजमेन्ट, वान डे क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, गौरीशंकर क्रिकेट एकेडेमी (दोलखा), नेक्सस क्रिकेट एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, एन्जल्स स्पोर्ट्स एकेडेमी, किंग्स क्रिकेट एकेडेमी, रेडिएन्ट क्रिकेट एकेडेमी, जोरपाटी क्रिकेट क्लब, काठमाडौं क्रिकेट एकेडेमी, फियरलेस फाल्कोन क्लब, क्षमादेवी वारियर्स सहभागी हुने छन्। 

करिब ९ लाख रुपैयाँको लागतमा अनुमान गरिएको प्रतियोगिताको विजेताले  १ लाख रुपैयाँसहित ट्रफी, दोस्रो हुनेले ५० हजार र ट्रफी प्राप्त गर्ने आयोजक दोलखा क्रिकेट संघले जनाएको छ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्दा शतक प्रहार गर्ने तथा एकै खेलमा ५ विकेट लिने खेलाडीलाई पुरस्कृत गरिने छ। 

प्रतियोगिताले युवा क्रिकेटरलाई प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने प्रतियोगिताका टेक्निकल हेड रबिन्द्र गुप्ताले बताए। स्थानीय स्तरमा क्रिकेटप्रति रुची जगाउनु, नयाँ खेलाडीहरूलाई अवसर प्रदान गर्नु नै प्रतियोगिताको मुख्य उद्देश्य भएको उनले बताए।

प्रतियोगिताको उपाधि विजेता टिमले आयोजक गौरीशंकर क्रिकेट एकेडेमीसँग वान डे र टु डे प्रतियोगिता खेलालाइने छ। 

प्रकाशित मिति: १९:३७ बजे, मंगलबार, चैत १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्