Kathmandu Press

‘अभिमुखीकरण शुल्क ७ सय नै हो, बढी लिए इजाजत खारेज हुन्छ’

विभागले मंगलबार सूचना जारी गर्दै अभिमुखीकरण तालिमका लागि प्रति प्रशिक्षार्थी शुल्क ७ सय रूपैयाँ नै रहेको बताउँदै त्यो भन्दा बढी लिएको पाइए अभिमुखीकरण प्रदायक संस्थाहरू इजात खारेज गरिने स्पष्ट पारेको छ। 
‘अभिमुखीकरण शुल्क ७ सय नै हो, बढी लिए इजाजत खारेज हुन्छ’

काठमाडौं, चैत १७ : वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क नबढेको स्पष्ट पारेको छ। 

विभागले मंगलबार सूचना जारी गर्दै अभिमुखीकरण तालिमका लागि प्रति प्रशिक्षार्थी शुल्क ७ सय रूपैयाँ नै रहेको बताउँदै त्यो भन्दा बढी लिएको पाइए अभिमुखीकरण प्रदायक संस्थाहरू इजात खारेज गरिने स्पष्ट पारेको छ। 

वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरुसँग अहिले अभिमुखीकरण प्रदायक संस्थाहरूले २ हजार १ सय रूपैयाँ लिने गरेका छन्। 

७ सय भन्दा बढी शुल्क नबढेको प्रष्ट पार्दै विभागले त्यो भन्दा बढी लिएको भए उजुरी गर्न अनुरोध गरेको छ ।

वैदेशिक रोजगार ऐन २०६४ तथा कार्यविधिअनुसार नै तालिमका सबै मापदण्ड लागु हुने जनाउँदै विभागले ७ सय भन्दा बढी शुल्क लिए उजुरी गर्न अनुरोध पनि गरेको छ। 

बढी शुल्क लिएको प्रमाण भेटिएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली बमोजिम त्यस्ता संस्थाको इजाजत पत्र स्वतः खारेज गरिने विभागले चेतावनी दिएको छ।
 
प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, चैत १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्