Kathmandu Press

नेपाली महिला क्रिकेट टिमले युडान्डामा टी–२० कप खेल्ने

नेपाली महिला लिगले युगान्डामा हुने ‘इस्टर वुमेन्स टी–२० कप’ खेल्ने भएको हो। क्रिकेट युगान्डाले आयोजना गर्ने यो प्रतियोगिता अप्रिल ७ देखि १६ सम्म हुने छ। 
नेपाली महिला क्रिकेट टिमले युडान्डामा टी–२० कप खेल्ने

काठमाडाैं, चैत १७ : आसन्न वुमेन्स च्यालेन्ज ट्रफीको तयारीका लागि नेपाली महिला क्रिकेट टोली युगान्डामा प्रतियोगिता खेल्ने भएको छ।

नेपाली महिला लिगले युगान्डामा हुने ‘इस्टर वुमेन्स टी–२० कप’ खेल्ने भएको हो। क्रिकेट युगान्डाले आयोजना गर्ने यो प्रतियोगिता अप्रिल ७ देखि १६ सम्म हुने छ। 

Hardik ivf

नेपालसँगै अमेरिकी महिला टोली सहभागी हुने छ।  जहाँ युगान्डाको भिक्टोरिया पर्ल्स र युगान्डा ‘ए’  पनि सहभगाी हुने छन्।

प्रतियोगितामा नेपालले अप्रिल ९ मा युगान्डा ‘ए’, अप्रिल १० मा भिक्टोरिया पर्ल्स, ११ मा अमेरिका, १३ मा पुनः अमेरिका, १४ मा भिक्टोरिया पर्ल्स र १५ मा युगान्डा ‘ए’ खेल्ने छ। 

यो खेललाई नेपाल र अमेरिका दुवैले वुमेन्स च्यालेन्ज ट्रफीको तयारीका रुपमा लिइएको छ।

वुमेन्स च्यालेन्ज ट्रफी अप्रिल १६ देखि मे १ सम्म रुवान्डामा हुने छ। 

प्रकाशित मिति: १३:२८ बजे, मंगलबार, चैत १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्