Kathmandu Press

कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि

कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि

काठमाडौं, चैत १७ : नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज मंगलबारदेखि सुरू हुँदैछ।

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डा तय गरिएको छ।

बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ ।

प्रकाशित मिति: १०:१० बजे, मंगलबार, चैत १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्