आजदेखि ३ दिन रातको समयमा नागढुंगा-मुग्लिन सडक बन्द
चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको हो ।
काठमाडौं, चैत १७ : नागढुंगा मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ ।
चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ ।
पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: ०८:३२ बजे, मंगलबार, चैत १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार