Kathmandu Press

यस्ता भेला र कार्यक्रम पहिलेपनि हुन्थे, अहिले त्यसको निरन्तरता हो : डा. कोइराला

संसदमा धेरै विषयवस्तुहरू आउने भएकाले ती विषयहरू गहिरो रूपमा बुझ्न र विज्ञहरूसँग छलफल गर्नुपर्ने भन्दै यसका लागि आफूहरू तयार रहेको पनि स्पष्ट पारे।
यस्ता भेला र कार्यक्रम पहिलेपनि हुन्थे, अहिले त्यसको निरन्तरता हो : डा. कोइराला

काठमाडौं, चैत १६  : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यसपटक धेरै नेता संसदबाहिर रहेको उल्लेख गर्दै संसदमा कसरी जाने भन्ने विषयमा वरिष्ठ नेताहरूसँग सरसल्लाह गर्न नवनिर्वाचित सांसदहरुलाई सुझाव दिएका छन्।

आइतबार आयोजित एक भेला कार्यक्रममा बोल्दै उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्र पहिले पनि हुँदै आएको र अहिले पनि निरन्तर जारी रहेको उल्लेख गरे।

Hardik ivf

संसदमा धेरै विषयवस्तुहरू आउने भएकाले ती विषयहरू गहिरो रूपमा बुझ्न र विज्ञहरूसँग छलफल गर्नुपर्ने भन्दै यसका लागि आफूहरू तयार रहेको पनि स्पष्ट पारे।

‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले पहिले–पहिले पनि गरिराखेकै कुरा हो। र अहिले पनि हामीले यस्ता कार्यक्रमहरु गरिराखेका तपाईँहरूसँग सधैँ यस्तो भेटघाट भइरहन्छ। संसद्मा के भइरहेको छ, कसो भइरहेको छ रु हामी संसद बाहिर छौँ। त्यो कुरालाई पनि तपाईँहरूले ध्यान दिएर संसदमा कसरी जाने भनेर म भन्दा पनि धेरै पूराना वरिष्ठ साथीहरू यहाँ हुनुहुन्छ, उहाँहरू वा हामीसित सरसल्लाह पनि गर्नुहोला। संसदमा धेरै विषयवस्तु आउने बताउँदै उनले ती विषयवस्तु बुझेर विज्ञसँग छलफल गर्नुपर्छ भने तयार छौं,’ उनले भने।


संसदमा जाने सांसदहरुलाई नेपाली कांग्रेसको गरिमालाई उच्च राख्नेगरी काम गर्न अपिल गरे।

प्रकाशित मिति: १७:५२ बजे, सोमबार, चैत १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्