Kathmandu Press

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा सर्वोच्चको आदेश

सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। 
ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा सर्वोच्चको आदेश

काठमाडौं, चैत १६ : पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा सर्वोच्च अदालतले आदेश दिएको छ।

सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। 

ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा तत्कालीन प्रधानमन्त्रीको हैसियतले गरेको कामकारबाहीलाई लिएर उनीमाथि प्रश्न उठेको थियो।
 
प्रकाशित मिति: १७:२३ बजे, सोमबार, चैत १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्