अध्यक्ष साम्पाङ भन्छन्– कोठे बैठकमा हामी जाँदैनौँ, संसद् बोलाउनुपर्यो
‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ। संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ। हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नुपर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
काठमाडौं, चैत १६ : प्रधानमन्त्री बालेन शाहले सांसदहरूसँग छलफल थालेका छन्।
प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूलाई सिंहदरबारमा बोलाएर छलफल गरेका हुन् । जारी छलफलमा आज कोशी र सुदूरपश्चिमका सांसद सहभागी छन्।
तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको छ। अध्यक्ष साम्पाङले आफूहरू कोठे बैठकमा सहभागी नहुने बताएका छन्।
‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ। संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ। हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नुपर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रकाशित मिति: १६:०५ बजे, सोमबार, चैत १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार