Kathmandu Press

प्रधानमन्त्री शाहद्वारा सांसदहरूसँग छलफल

उनले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरे।
प्रधानमन्त्री शाहद्वारा सांसदहरूसँग छलफल

काठमाडौं, चैत १६ : प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल गरेका छन्।  

उनले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरे।

Hardik ivf

प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गरेको रास्वपा सांसद अशोककुमार चौधरीले बताए। 

‘प्रधानमन्त्रीज्यूले  क्षेत्रगत विषयमा समस्या, क्षेत्रगतरूपमा ‘ब्रिफिङ’ लिनुभयो। तत्काल गर्नुपर्ने कामको बारेमा जानकारी लिनुभयो,’ उनले भने।

छलफलमा प्रत्येक सांसदले क्षेत्रगतरूपमा आ–आफ्नो समस्या राखेका थिए।  

प्रकाशित मिति: १५:४८ बजे, सोमबार, चैत १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्