पक्राउ परेका कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना
उनलाई सोमबार बिहान टिचिङ अस्पताल महाराजगन्ज भर्ना गरिएको काठमाडौं जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौं, चैत १६ : सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्।
उनलाई सोमबार बिहान टिचिङ अस्पताल महाराजगन्ज भर्ना गरिएको काठमाडौं जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आइतबार बिहानै पक्राउ परेका उनलाई आइतबार नै काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो,
सिआईबीले उनीससँग बयान लिन सुरू गरिसकेको छ।
प्रकाशित मिति: १५:११ बजे, सोमबार, चैत १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार