लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीको त्रिपक्षीय कार्यक्रम सम्पन्न
कार्यक्रमको अध्यक्षता गरेका प्रकाश शर्माले क्लबले हालसम्म गरेका विविध सामाजिक गतिविधिहरूको जानकारी प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराएका थिए ।
काठमाडौं, चैत १६ : लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीको त्रिपक्षीय कार्यक्रम डिजी टु क्लव भिजिट, स्मारिका बिमोचन तथा चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
राजधानीको सुकेधारा स्थित क्विन्स पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि डिष्टिक गर्भनर धनिराम बरालले कार्यक्रमको शुभारम्भ गर्दै लायन्स अभियानले समाज सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै नवगठित क्लबहरूलाई सक्रिय रूपमा सामाजिक सेवामा लाग्न प्रेरित गरे । कार्यक्रमको अध्यक्षता गरेका प्रकाश शर्माले क्लबले हालसम्म गरेका विविध सामाजिक गतिविधिहरूको जानकारी प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराएका थिए ।
यस कार्यक्रममा डिष्टिक चिफ एड्भाइजर लायन बलराम सुवेदी, पि डि जि तथा मल्टिपल डिष्टिक मार्केटिङ कोअर्डिनेटर पि एम जे एफ लायन महेन्द्र पौडेल, पि डि जि तथा लेखा समिति संयोजक पि एम जे एफ लायन भीमलाल पौड्याल, डिष्टिक प्रथम उप गभर्नर लायन रत्न पराजुली, पि एम सिस सि एम जे एफ लायन गिरधारी शर्मा, डि जि टु क्लब भिजिट संयोजक लायन पोम नारायण अधिकारी लगायतका ब्यक्तित्वहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी कार्यक्रममा पिडिजि स्पाउस तथा को–चिफ एड्भाइजर मन्दिरा खनाल पौडेल, डिष्टिक चिफ अफ सेक्रेटरियट लायन विष्णु प्रसाद गौतम, डिष्टिक चिफ अफ प्रोटोकोल लायन माधव पाण्डे, प्रो इन चिफ लायन गीता शर्मा चापागाईं, प्रोटोकोल एड्भाइजर लायन तारा प्रसाद त्रिपाठी, एल ऐ आइ एफ कोर्डिनेटर लायन पुरुषोत्तम मैनाली, जि इ टि कोअर्डिनेटर लायन देवेन्द्र सारु मगर, क्लस्टर चिफ लायन बद्री नाथ खनाल लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं साझा हृदय र लायन्स क्लव अफ काठमाडौं सर्भेयर क्लबलाई चार्टर हस्तान्तरण गरिएको थियो र क्लबको पहिलो स्मारिका समेत बिमोचन गरिएको थियो । कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं साझा हृदयकी चार्टर प्रेसिडेन्ट लायन बिमला देवी शर्मा र लायन्स क्लव अफ काठमाडौं सर्भेयरका चार्टर प्रेसिडेन्ट लायन सुन्दर देवकोटाले क्लबको भावी योजनाबारे जानकारी गराउँदै सामाजिक सेवामा प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्राध्यापक सुमन सुवेदी, आइ टि सहजकर्ता प्रबन्ध पौडेल साथै तीनवटै क्लबका पिभिएसटी सहित अधिकांस सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको समापनमा क्लब अध्यक्ष शर्माले सम्पूर्ण अतिथि तथा सहभागीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको उद्घोषण डिष्टिक फाइनान्सियल एड्भाइजर एम जे एफ लायन हरि चन्द्र तिवारीले गरेका थिए भने स्वागत मन्तव्य एम जे एफ लायन गणेश प्रसाद पन्तले राखेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन डिष्टिक चिफ अफ प्रोटोकल लायन शिव नारायण श्रेष्ठले गरेका थिए।












