नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन
आइतबार पेरिसडाँडामा बसेको बैठकले उनलाई सर्वसम्मत दलको नेता चयन गरेको नेकपाका नेता रमेश मल्लले बताए।
काठमाडौं, चैत १५ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ।
आइतबार पेरिसडाँडामा बसेको बैठकले उनलाई सर्वसम्मत दलको नेता चयन गरेको नेकपाका नेता रमेश मल्लले बताए।
‘पार्टीको आज संसदीय दलको पहिलो बैठक बसेको हो। पार्टी पहिलो बैठकले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ सर्वसम्मत रुपमा । बैठकले दल नेतालाई बधाई प्रस्ताव पेस गरेको थियो त्यसलाई सर्वसम्मत रुपमा पास गर्यौं,’ उनले भने।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सीट रहेको छ।
प्रकाशित मिति: १८:१९ बजे, आइतबार, चैत १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












