Kathmandu Press

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

काठमाडौं, चैत १४ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

Hardik ivf

सरकारी वकिलको कार्यालयले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो। तर, अदालतले ५ दिन मात्र म्याद दिएको हो।

शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । शनिबार बिहान पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो।

पक्राउ परेका ओलीले स्वास्थ्यका कारण शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । उनको ‘भर्चुअल’ रूपमा इजलासमा उपस्थिति जनाइएको थियो । लेखक भने सुनुवाईका क्रममा इजलासमै उपस्थित भएका थिए। 

प्रकाशित मिति: १८:०८ बजे, आइतबार, चैत १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्