Kathmandu Press

रविको मुद्दा संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा सुनुवाइ हुने

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलाशमा पठाउन आदेश दिएको हो।
रविको मुद्दा संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं, चैत १५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने महान्यायाधीवक्ताको कार्यालयको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलाशमा पठाउन आदेश दिएको हो।

Hardik ivf

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रूपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद लिएको थियो। 

महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरे थिए।

गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकीलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन्।

निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो।

प्रकाशित मिति: १७:२३ बजे, आइतबार, चैत १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्