Kathmandu Press

लेखकलाई थुनामुक्त माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

गैरकानुनी पक्राउ गरी थुनामा राखिएको भन्दै आइतबार दिउँसो  बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो। श्रीमती यशोदा लेखकले सर्वोच्चमा रिट दिएकी हुन्।
लेखकलाई थुनामुक्त माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं, चैत १५ : कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ।  

गैरकानुनी पक्राउ गरी थुनामा राखिएको भन्दै आइतबार दिउँसो  बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो। श्रीमती यशोदा लेखकले सर्वोच्चमा रिट दिएकी हुन्।

Hardik ivf

यशोदाले लेखकलाई थुनामा राख्ने कार्य गैर कानुनी र पूर्वाग्रही रहेको दाबी गरेकी छिन्। लेखकलाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराएर थुनामुक्त गर्न रिटमा माग छ।

आजै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन् । रिटमाथिको सुनुवाइ सोमबार हुने सर्वोच्चले जनाएको छ ।

प्रकाशित मिति: १७:२० बजे, आइतबार, चैत १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्