Kathmandu Press

ओली पत्नी राधीकाले दर्ता गराइन बन्दी प्रत्यक्षीकरणको निवेदन

आइतबार शाक्यले ओलीलाई गैरकानुनी रुपमा थुनामा राखेको जिकीर गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी हुन्। सो निवेदनको पेसी सोमबार तोकिएको छ। 
ओली पत्नी राधीकाले दर्ता गराइन बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं, चैत १५ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन्।

आइतबार शाक्यले ओलीलाई गैरकानुनी रुपमा थुनामा राखेको जिकीर गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी हुन्। सो निवेदनको पेसी सोमबार तोकिएको छ। 

Hardik ivf

उनले अदालतबाट पक्राउ अनुमति समेत नलिएको र जरुरी पक्राउ पुर्जी जारी गरिएको कार्य असंवैधानिक भएको जिकीर गरेकी छन्। 

प्रधानमन्त्री भइसकेका ओली भाग्ने वा प्रमाण नष्ट गर्ने जस्तै कुनै काम नगर्ने अवस्थामा पनि अनुसन्धान नै सुरु नभएको अभियोगमा पक्राउ गरिएकाले रिहा हुनुपर्ने जिकीर शाक्यले गरेकी छन्। 

शनिबार बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। 

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, चैत १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्