Kathmandu Press

पूर्वगृहमन्त्री लेखकलाई अदालत उपस्थित गराइयो

न्यायाधीश आनन्द श्रेष्ठकहाँ म्याद थपको पेसी रहेको छ। त्यसअघि उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो।
पूर्वगृहमन्त्री लेखकलाई अदालत उपस्थित गराइयो

काठमाडौं, चैत १५ : पूर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरिएको थियो। 

न्यायाधीश आनन्द श्रेष्ठकहाँ म्याद थपको पेसी रहेको छ। त्यसअघि उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो।

लेखकलाई नेपाल प्रहरीले २ नं गण महाराजगन्जको हिरासतमा राखेको थियो। 

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, चैत १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्