Kathmandu Press

ओली पक्राउको विरोधमा एमालेले आज पनि गर्‍यो प्रदर्शन

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरूले प्रदर्शन थालेका छन्।
ओली पक्राउको विरोधमा एमालेले आज पनि गर्‍यो प्रदर्शन

काठमाडौं, चैत १५ : अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि प्रदर्शनलाई निरन्तरता दिएको छ।

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरूले प्रदर्शन थालेका छन्। शुक्रबार राति अध्यक्ष ओलीलाई पक्राउ गरेपछि एमालेले शनिबार पनि देशैभर प्रदर्शन गरेको थियो। 

उनीहरू ओली पक्राउको विरोधमा देशका विभिन्न जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन्।

एमालेका जनवर्गीय संगठनहरूले देशैभरका जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन्।

प्रकाशित मिति: १३:०० बजे, आइतबार, चैत १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्