Kathmandu Press

ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराउने तयारी

ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भर्चुअल माध्यमबाट उपस्थित गराउने तयारी प्रहरीले गरेको हो। 
ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराउने तयारी

काठमाडौं, चैत १५ : पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ। 

ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भर्चुअल माध्यमबाट उपस्थित गराउने तयारी प्रहरीले गरेको हो। 

Hardik ivf

जेनजी आन्दोलनको छानविन गर्न बनेको उच्च स्तरीय जाँच बुझ आयोगको सिफरिसका आधारमा प्रहरीले ओलीलार्य शनिबार बिहानै गुन्डुबाट पक्राउ गरेको थियो। त्यसपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

चिकित्सकले उनलाई अस्पतालमा राख्न सुझाव दिएका थिए। चिकित्सकहरुको सुझावअनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेसिङका माध्यमबाट उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको हो। 

शनिबार नै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ।

प्रकाशित मिति: १२:४६ बजे, आइतबार, चैत १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्