Kathmandu Press

सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे र लापसे जाँच गर्न सांसद साम्पाङको माग

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका हुन् । 
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे र लापसे जाँच गर्न सांसद साम्पाङको माग
Hardik ivf

काठमाडौं, चैत १५ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे जाँच गर्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका हुन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ, सांसदहरूको पनि गर्नु पर्छ, देशको स्वास्थ्यको लागि यो अनिवार्य छ,’ उनले लेखेका छन्।

प्रकाशित मिति: ११:१९ बजे, आइतबार, चैत १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्