प्रधानमन्त्री बालेनको शपथमा मिथिला चित्रकला प्रदर्शन
सेफ सन्तोष शाहको समन्वयनमा उक्त समारोहमा मिथिला चित्रकला प्रदर्शन गरिएको थियो । शपथको स्टेजभन्दा पछाडि राखिएको चित्रकलाले धेरैको ध्यान तानेको थियो ।
काठमाडौँ, चैत १५ : प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोह विभिन्न अर्थमा विशेष रह्यो । सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ मात्रै होइन शपथ समारोहको अर्को आकर्षण थियो, मिथिला चित्रकला ।
सेफ सन्तोष शाहको समन्वयनमा उक्त समारोहमा मिथिला चित्रकला प्रदर्शन गरिएको थियो । शपथको स्टेजभन्दा पछाडि राखिएको चित्रकलाले धेरैको ध्यान तानेको थियो ।
चित्रकलामा मिथिलाको कला र संस्कृति देख्न सकिन्छ । जकनपुरका साथै काठमाडौँको झम्सिखेल, नक्साल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट सञ्चालन गरिरहनुभएका सेफ सन्तोषले मिथिलाको रैथाने परिकारसँगै त्यहाँको कला पनि पनि प्रवद्र्धन गरिरहेका छन् । उनका अनुसार मिथिला थाली रेष्टरेन्टले मिथिला चित्रकलाका कलाकार तथा उनीहरुको कलालाई प्रवद्र्धन गर्ने उद्देश्यले लामो समयदेखि साथ दिँदै आएको छ ।
अहिले पनि सेफ सन्तोषका रेष्टुरेन्टमा जाँदा मिथिला चित्रकलाका विभिन्न सृजना देख्न सकिन्छ । चित्रकला र परिकारलाई एकसाथ प्रवद्र्धन गर्न पाउँदा आफूलाई निकै खुसी लागेको सेफ सन्तोषको भनाइ छ ।
मिथिला थालीमा सेफ सन्तोषले मिथिला चित्रकला तालिम पनि सञ्चालन गर्दै आएका छन् । साहले केही समयअघि मिथिला चित्रकला संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले चारदिने मिथिला चित्रकला प्रयोगात्मक तालिम आयोजना गरेका थिए ।
मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिका लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनको प्रशिक्षण दिइएको थियो ।












