सरकारको रवैयाविरुद्ध झापामा सडकमा उत्रियो एमाले
भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबारे पूर्वाग्रहीपूर्ण प्रतिवेदन बनाएर लोकतान्त्रिक शक्तिहरुलाई गरिएको धरपकड विरुद्ध एमाले सडकमा आएको हो।-1774694438.jpeg)
झापा, चैत १४ : झापामा नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले सडकमा उत्रिएको छ । जनसंगठनहरुले बिर्तामोडको मुक्तिचोकमा आज बालेन शाह सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।
गैरकानुनी र प्रतिशोधपूर्ण पक्राउको विरोधमा एमाले नेता कार्यकर्ताहरुले पार्टी कार्यालयदेखि मुक्तिचोकसम्म र्याली गर्दै विरोध जनाएका हुन् । र्यालीका क्रममा सरकारको कदमको विरोध गरिएको छ।
भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबारे पूर्वाग्रहीपूर्ण प्रतिवेदन बनाएर लोकतान्त्रिक शक्तिहरुलाई गरिएको धरपकड विरुद्ध एमाले सडकमा आएको हो।
ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमालेले विरोध प्रदर्शन गरेको हो। मुक्तिचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेलले विदेशीको इसारामा बनेको सरकारलाई तत्काल गल्ती सच्याउन चेतावनी दिए।
उनले देश नियम कानुनले चलाउन सूझाव दिँदै दुई तिहाईको दम्भ नदेखाउन सूझाव दिए। विभिन्न सडक आन्दोलनबाट मुलुकमा परिवर्तन ल्याएको एमालेसँग प्रतिशोध साध्ने काम भए महंगोपर्ने उनको भनाई थियो।
शान्तिपपूर्ण आन्दोलनबाट एमालेको माग पुरा नभए सडकबाटै सत्ताच्यूत गराइदिने नेताहरुले चेतावनी दिएका छन्। पार्टी केन्द्रको निर्देशन बमोजिम एमालेले निरन्तर आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।












![एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_b5b1e1a5-1774702257.jpg)