Kathmandu Press

ओली र लेखकलाई पक्राउ गर्न दिएको आदेशको पत्र सार्वजनिक

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै ओली र लेखकलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी हेडक्वार्टरलाई दिएको र हेडक्वार्टरले जिल्लालाई दिएको आदेशको पत्र सार्वजनिक भएको भएको हो।
ओली र लेखकलाई पक्राउ गर्न दिएको आदेशको पत्र सार्वजनिक

काठमाडौं, चैत १३ : पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दिएको आदेशको पत्र सार्वजनीक गरिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै ओली र लेखकलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी हेडक्वार्टरलाई दिएको र हेडक्वार्टरले जिल्लालाई दिएको आदेशको पत्र सार्वजनिक भएको भएको हो।

Hardik ivf

पत्रमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न भन्दै दुई बुँदे निर्देशनसहितको पत्र पठाएपछि प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो।

निर्णयमा भनिएको छ, ‘संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।’

मन्त्रालयले मन्त्री सुधन गुरुङको निर्णयसहित मन्त्रिपरिषद्को निर्णय तत्काल प्रहरी प्रधान कार्यालयमा पठाएको थियो । निर्णयका साथमा जाँचबुझ आयोगको प्रतिवेदन पनि पठाइएको थियो।

गृहले प्रहरी हेडक्वाटरमा पठाएको पत्रमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको उल्लिखित निर्णयको कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगको सिफारिस कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनका लागि मन्त्रिपरिषद्बाट प्राप्त आयोगको प्रतिवेदन यसैसाथ संलग्न राखी पठाइएको व्यहोरा मिति २०८२ चैत १३ गते को मन्त्रिस्तरीय निर्णय अनुसार अनुरोध छ ।’

प्रकाशित मिति: १५:५४ बजे, शनिबार, चैत १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्