ओली पक्राउको विरोधमा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदै
दिउँसो ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुँदै गरेको छ। लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि आह्वानसमेत गरिएको छ।
काठमाडौं, चैत १३ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरिएको भन्दै नेकपा एमालेले विरोध जनाएको छ।
दिउँसो ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुँदै गरेको छ। लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि आह्वानसमेत गरिएको छ।
यता ओली पक्राउको विरोधमा काठमाडौंका विभिन्न स्थानमा कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्। सचिवालय बैठक बसेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहिल लगायतका क्षेत्रमा सडक प्रदर्शनमा उत्रिएका थिए।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा शनिबार बिहानै एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।
प्रकाशित मिति: १५:४९ बजे, शनिबार, चैत १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार