पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं, चैत १४ : पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
पूर्वगृहमन्त्री लेखकलाई पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेनजी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
गृहको किटानी जाहेरीपछि प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर लेखकलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: ०८:०७ बजे, शनिबार, चैत १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार