Kathmandu Press

पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ

प्रहरीले ओलीलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको हो । ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ ।
पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ

काठमाडौँ, चैत १४ : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ छन् ।

प्रहरीले ओलीलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको हो । ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ ।

Hardik ivf

शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यससँगै ओली र लेखकलाई पक्राउ गरेको छ । 

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
 
प्रकाशित मिति: ०८:०४ बजे, शनिबार, चैत १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्