कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बालेन सरकारको निर्णय
शपथ ग्रहण र पदभार ग्रहण लगत्तै बालेनको नेतृत्वमा बनेको १५ सदस्यीय मन्त्रिपरिषदको बैठकले आयोगले सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो।
काठमाडौं, चैत १३ : रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोग प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।
शपथ ग्रहण र पदभार ग्रहण लगत्तै बालेनको नेतृत्वमा बनेको १५ सदस्यीय मन्त्रिपरिषदको बैठकले आयोगले सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो।
यस्तै, बैठकले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई रकारको प्रवक्ताको जिम्मेवारी दिएको छ।
बैठकले सरकारको शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार