Kathmandu Press

शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ

‘श्रम संस्कृति भनेको ढुङ्गा र माटो मात्र बोकिरहने वा विरुवा मात्र रोपिरहने होइन । विकासका काममा एकोहोरो लागिरहने मात्र पनि होइन । हामी प्रतिपक्ष पनि हौं,’ उनले भने।
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ

काठमाडौं, चैत १३ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रम संस्कृति केवल शारीरिक श्रममा सीमित नभई सचेत, जिम्मेवार र सक्रिय नागरिकको अभ्यास भएको बताएका छन् ।

शुक्रबार आयोजित सदस्यता वितरण कार्यक्रममा बोल्दै उनले श्रम संस्कृति पार्टी ढुङ्गा र माटो मात्र बोकिरहने नभई प्रतिपक्षको भूमिकामा रहि सक्रियरुपमा जिम्मेवार रहने बताएका छन्।

Hardik ivf

‘श्रम संस्कृति भनेको ढुङ्गा र माटो मात्र बोकिरहने वा विरुवा मात्र रोपिरहने होइन । विकासका काममा एकोहोरो लागिरहने मात्र पनि होइन । हामी प्रतिपक्ष पनि हौं,’ उनले भने।

उनले आफू मात्र संसदमा पुगेर सबै कुरा हेर्ने अवस्था नरहेको उल्लेख गर्दै सबै नागरिकलाई सक्रिय हुन आह्वान गरे। ‘तपाईंहरू सबै जना हर्क साम्पाङ हो,’ भन्दै उनले पूर्वदेखि पश्चिमसम्म सञ्चालन भइरहेका योजनामा नागरिकले नम्र, भद्र र शिष्ट ढंगले प्रश्न उठाउनुपर्ने बताए।

साम्पाङले देशमा विद्यमान विकृति र विसंगति हटाउन रचनात्मक तथा सिर्जनात्मक सहभागिता आवश्यक रहेको धारणा राखे।

‘हामी त्यसरी लाग्यौं भने मात्र सरकार ठीक ठाउँमा आउँछ,’ उनले जोड दिदै भने।

साथै, उनले आफ्नो पार्टी सधैं पीडित र दुःखी नागरिकहरूको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, चैत १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्