Kathmandu Press

कृषि मन्त्री गिता चौधरीले गरिन् पदभार ग्रहण

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन्।
कृषि मन्त्री गिता चौधरीले गरिन् पदभार ग्रहण

काठमाडौं, चैत १३ : कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले पदबहाली गरेकी छन्। 

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की चौधरी अधिवक्ता (कानुन व्यवसायी) हुन्। 

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी समानुपातिकतर्फ निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, चैत १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्