Kathmandu Press

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

पिता मोहनप्रसादको निधनपछि सेतो वस्त्रमा रहेका ओलीले आफू शपथ समारोहमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको सचिवालयलाई गराएका थिए।
बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

काठमाडौं, चैत १३ : प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोहमा सहभागी भए पनि ओली अनुपस्थित भएका हुन्।

पिता मोहनप्रसादको निधनपछि सेतो वस्त्रमा रहेका ओलीले आफू शपथ समारोहमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको सचिवालयलाई गराएका थिए।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेका कारण समारोहमा उपस्थित भएनन्।

प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, चैत १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्