Kathmandu Press

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं, चैत १३  बालेन शाह नेतृत्वका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

Hardik ivf

बालेन सरकारमा  स्वर्णिम वाग्लेले अर्थ,  सुदन गुरुङले गृह, शिशिर खनालले परराष्ट्र, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास,
विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै, खड्कराज पौडेल (गनेश)ले पर्यटन, सस्मित पोखरेलले शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद, निशा मेहताले स्वास्थ्य तथा जनसंख्या, विक्रम तिमिल्सिनाले सञ्चार, प्रतिभा रावलले सामान्य प्रशासन, दीपक साहले श्रम तथा सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् 

सीता वादीले महिला, बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी छिन्।

प्रधानमन्त्री बालेनले आफैंसँग रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी राखेका छन्।

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, चैत १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्