अमरेशकुमार सिंहले अस्वीकार गरे उद्योगमन्त्री
परराष्ट्रमन्त्री दाबी गरेका सिंहलाई उद्योगमन्त्री प्रस्ताव गरिएपछि उनले पद अस्वीकार गरेका हुन्।
काठमाडाैं, चैत १३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री प्रस्तावित गरिएका अमरेशकुमार सिंहले पद अस्वीकार गरेका छन्।
परराष्ट्रमन्त्री दाबी गरेका सिंहलाई उद्योगमन्त्री प्रस्ताव गरिएपछि उनले पद अस्वीकार गरेका हुन्।
सर्लाही–४ मा कांग्रेस सभापति गगन थापालाई पराजित गरेका सिंहलाई बालेन्द्र शाह नेतृत्वको सरकारमा उद्योगमन्त्री प्रस्ताव गरिएकाे थियाे।
सिंहले दाबी गरेकाे परराष्ट्र मन्त्रालयमा शिशिर खनाललाई प्रस्ताव गरिएकाे छ।
प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












