बालेनले बनाए १५ सदस्यीय मन्त्रिमण्डल, अर्थमा स्वर्णिम
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्।
काठमाडाैं, चैत १३ : रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी भएको छ। बालेन प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।
बालेनकाे मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्रीहरु छन्।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। सोविता गौतमले कानुन मन्त्रालय र शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन्।
यस्तै, सुदन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदा विराजभक्त श्रेष्ठले ऊर्जाको नेतृत्व पाएका छन्।
सामान्य प्रशासनमा प्रतिभा रावल, विक्रम तिमिल्सिना सञ्चार, दीपक साहले श्रम मन्त्रालयको जिम्मेवारी पाएका छन्
सस्मित पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन्।
उनीहरूले शपथ लिने तयारी गरेका छन्।











-1790332718.jpg)