Kathmandu Press

धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री

‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ, अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु,’ उनले भनिन्।
धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री

काठमाडौं, चैत १२ : प्रधानमन्त्री सुशीला कार्कीले आफू धेरै आशा बोकेर बिदा हुन लागेको बताएकी छन्। आज राष्ट्रको नाममा सम्बोधन गर्दै कार्कीले उनले यस्तो बताएकी हुन्।

सम्बोधनका क्रममा उनले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी लागेको बताएकी छिन्।

Hardik ivf

‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ, अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु,’ उनले भनिन्।

यस्तै, प्रधानमन्त्री कार्कीले दौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा डर र अनिश्चय बीच सत्ता सम्हालेको  गरिन्।   

‘हामी फेरि उठ्नेछौं भन्दै एक जुट हुन सबैलाई आह्वान गर्दछु । भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो । तर देश संकटमा रहँदा आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ,’ सम्बोधनका क्रममा उनले भनिन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएकाहरूलाई पनि सम्झिइन्। 

‘आज म तपाईंहरू सामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ। म सम्झिरहेको छु( ती कलिला बालबालिका जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्‍यो, ती ऊर्जावान किशोर किशोरी जसले आजीवन अपंगता व्यहोर्नुपर्‍यो, जसले परिवार जसले सपना र साहरा गुमाउनुपर्यो,’ सम्झिँदै भनेकी छन्।

 

प्रकाशित मिति: २१:२५ बजे, बिहीबार, चैत १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्