Kathmandu Press

पार्टीमाथि भएको आक्रमणको डटेर सामना गर्न नवनिर्वाचित सांसदहरुलाई ओलीको निर्देशन

ओलीले पार्टीको ‘सभ्य शैली’ले त्यस्ता आक्रमणको प्रभावकारी सामना गर्न नसकेको स्वीकार गर्दै अब त्यसमा सुधार आवश्यक रहेको बताए।
पार्टीमाथि भएको आक्रमणको डटेर सामना गर्न नवनिर्वाचित सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौं, चैत २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा शपथ ग्रहणलगत्तै एमाले सांसदहरूलाई विशेष निर्देशन दिएका छन्।

बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेले राम्रो काम गरेकै कारण आफूहरूविरुद्ध आक्रमण केन्द्रित भएको भन्दै पार्टीमाथि भएका प्रहारहरूको सशक्त प्रतिवाद गर्न सांसदहरूलाई आग्रह गरेका हुन्।

Hardik ivf

ओलीले पार्टीको ‘सभ्य शैली’ले त्यस्ता आक्रमणको प्रभावकारी सामना गर्न नसकेको स्वीकार गर्दै अब त्यसमा सुधार आवश्यक रहेको बताए।

‘राम्रो काम गरेकाले हाम्रा विरुद्ध प्रहार केन्द्रीत भयो । प्रहार राजनीतिक हिसाबले तथ्य र तर्कमा आधारित भएन । असभ्य अपशब्द, असत्य भ्रमपूर्ण र अश्लिल, गालीगलौज र कूप्रचारहरुबाट हामीमाथि प्रहार भयो । हाम्रो सभ्य शैलीले त्यसको मुकाबला गर्न सकेन । यस्तासँग के बाल्ने के, प्रतिवाद गर्ने किसिमले चुप लाग्ने प्रवृत्ति बढ्यो । डटेर त्यसको सामना गर्न सकेनौं । मैंले धेरै वर्ष अघि भनेको थिए । गोरु नाङ्गै हुँदा सरम मान्नुपर्दैन् । त्यो जातै त्यस्तै हो । कोही उसका उद्देश्य अन्तर्गत नै निवस्त्र हुन्छ,’ उनले भने, ‘हामीले त्यसको पनि सामना गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालद्वारा गरिएको हमलाको प्रतिवादमा ध्यान पुगेन । हामीले आफैंले सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिवाद गर्न नसक्दा सत्य कुरा जनतामा जान सकेन् ।’

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न नसक्दा सत्य कुरा जनतासम्म पुग्न नसकेको पनि उनले बताए।

उनले अनावश्यक विषयमा बढी टिप्पणी गर्ने प्रवृत्ति त्याग्न र आवश्यक मुद्दामा केन्द्रित भएर स्पष्ट धारणा राख्न सांसदहरूलाई सुझाव दिए।

‘पार्टीमा एकथरी मानिस बोल्ने एकथरी चुप लाग्ने स्थिति भयो । स्टाटस लेख्छन् साथीहरु तर चाहिने भन्दा नचाहिने कुरामा बढि लेख्छन् । यसलाई सुधार्नु पर्नेछ । नराम्रो कामबाट हामी पछाडि पारिएको होइन् राम्रो कामबाट हमलामा परेका हौं । त्यसैले हामी हतासिनु पर्ने आवश्यक छैन् । उच्च मनोबलका साथ काम गर्नुपर्छ,’ उनले भने।

उनले यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय रहेको धारणा राखे।

प्रकाशित मिति: २०:४२ बजे, बिहीबार, चैत १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्