Kathmandu Press

लकडाउनमा अलपत्र मजदुरलाई घर पुर्‍याउदै बलिउड स्टार

काठमाडौं, जेठ १२ : बलिउड स्टार सोनु सुद लकडाउनका कारण अलपत्र परेका मजदुरलाई घर पुर्‍याउनमा जुटेका छन्।

सुरुआतमा स्वास्थ्यकर्मी र सुरक्षा....

लकडाउनमा अलपत्र मजदुरलाई घर पुर्‍याउदै बलिउड स्टार
एजेन्सी

काठमाडौं, जेठ १२ : बलिउड स्टार सोनु सुद लकडाउनका कारण अलपत्र परेका मजदुरलाई घर पुर्‍याउनमा जुटेका छन्।

सुरुआतमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सहयोग गरेका सोनु केही सातायता मजदुरको उद्धारमा जुटेका हुन्। उनले अलपत्र मजदुरलाई बसमा घर पुर्‍याइरहेका छन्।

Hardik ivf

उनीहरुका लागि खाने व्यवस्था पनि गरिरहेका छन्। मजदुरलाई बसमा बसालेर खानेकुरा बाँडिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनलाई सामाजिक सञ्जालमार्फत मेसेज गर्नेहरुसम्म पुगिरहेका छन्। कतिपय मजदुरलाई त आफ्नै गाडीमा राखेर बससम्म पुर्याएका छन्। कयौंका लागि उनले गाडीको व्यवस्था गरेको छन्।

उनी आफै सकडमा खटिएका छन्। अलपत्र मजदुरलाई गाडीको व्यवस्थासँगै खानपिन पनि जुटाइरहेका छन्।

 

प्रकाशित मिति: १२:१८ बजे, सोमबार, जेठ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्