हस्पिटालिटीको क्षेत्रमा अब्बल रिमाल ‘होटल अन्नपूर्ण भ्यु सराङकोट’को अपरेसन म्यानेजर नियुक्त
यसअघि इला होटल रिर्सोट (आईएमी हस्पिटालिटी) अन्तर्गतको ‘द लेकसाइड रिटिट्र’ मा काम गरेका रिमालले होटल अन्नपूर्ण भ्यु सराङकोटमा नियुक्त भएका हुन् ।
पोखरा चैत ११ : होटल अन्नपूर्ण भ्यु सराङकोटको अपरेसन म्यानेजरमा मनमोहन रिमाल नियुक्त भएका छन् । यसअघि इला होटल रिर्सोट (आईएमी हस्पिटालिटी) अन्तर्गतको ‘द लेकसाइड रिटिट्र’ मा काम गरेका रिमालले होटल अन्नपूर्ण भ्यु सराङकोटमा नियुक्त भएका हुन् ।
रिमालले यसअघि होटल याक एण्ड यती दरबारमार्ग, होटल सांग्रिला लाजिम्पाट,होटल क्विन्स पार्क, होटल मम्स होम, होटल वैशाली ठमेल मा कार्यरत रहँदा आफूलाई हस्पिटालिटीको क्षेत्रमा अब्बल सावित गरिसकेका छन् । रिमाल विगत १५ बर्षदेखि हस्पिटालीको क्षेत्रमा कार्यरत रहेका छन् ।
नेपालमा रोजगारी नपाएर विदेश भौतारिनेहरुका लागि रिमाल एक गतिलो पात्र बनेका छन् । अरु युवाले नदेखेका सम्भावना रिमालले देखे अनि त नेपालमै स्थापित भए ।
नेपालमै केहि सम्भावना देखेर नेपालमै रम्न सक्यो भने धेरैलाई नेपालमै राम्रो अवसर भएको उनको भनाइ छ ।
प्रकाशित मिति: १४:१९ बजे, बुधबार, चैत ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1780224249.jpg)





-1780224249.jpg)

