Kathmandu Press

ताेलामा १४ हजार ६ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयँमा कारोबार भएको छ।
ताेलामा १४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, चैत ११ : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयँमा कारोबार भएको छ। 

Hardik ivf

मंगलबार सुनको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: १२:०७ बजे, बुधबार, चैत ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्