Kathmandu Press

न्युजिल्यान्डमा साम्बाको घुँडाको सफल शल्यक्रिया

साम्बाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गर्दै न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताएकी हुन् । 
न्युजिल्यान्डमा साम्बाको घुँडाको सफल शल्यक्रिया

काठमाडौं, चैत ११ : नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ । 

साम्बाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गर्दै न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताएकी हुन् । 

अब उनी डाक्टरको निगरानीमा पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु गर्नेछिन्। अवस्था सामान्य भएपछि कतारको एस्पेटारमा रिहाबलाई निरन्तरता दिने योजना रहेको उनले बताएकी छन्।

अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङटन फोनिक्सबाट खेल्ने साम्बा गत पुसमा खेलकै क्रममा चोटग्रस्त भएकी थिइन् । गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको थियो ।

साम्बाले उपचारका क्रममा सहयोग गर्ने वेलिंगटन र अकल्यान्डका नेपाली समुदाय, आफ्नो क्लब  र व्यवस्थापन टिमप्रति आभार व्यक्त गरेकी छन्। साथै समर्थकको साथ र मायाले आफूलाई पुनरागमनका लागि प्रेरणा मिलेको बताउँदै अब सम्पूर्ण ध्यान पुनरागमनमा केन्द्रित रहने उल्लेख गरेकी छन्।

प्रकाशित मिति: ०८:३६ बजे, बुधबार, चैत ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्