११ एजेण्डामा केन्द्रित कांग्रेस बैठकमा छलफल जारी
उनका अनुसार सभापतिले बैठकको प्रारम्भमै आफ्नो सन्देश राख्दै समसामयिक विषयमा विस्तृत धारणा प्रस्तुत गरिसकेका छन् ।
काठमाडौं, चैत १० : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न एजेण्डामाथि छलफल जारी रहेको बताएका छन् ।
आजको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठक निरन्तर चलिरहेको जानकारी दिए।
उनका अनुसार सभापतिले बैठकको प्रारम्भमै आफ्नो सन्देश राख्दै समसामयिक विषयमा विस्तृत धारणा प्रस्तुत गरिसकेका छन् ।
प्रवक्ता चालिसेका अनुसार बैठकका लागि ११ वटा एजेण्डा तय गरिएको छ, जुन यसअघि नै सार्वजनिक भइसकेको छ । ती प्रस्तावहरूमा हालसम्म २८ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेको उनले बताए ।
‘बाँकी सदस्यहरूले भोलिको बैठकमा आफ्नो धारणा राख्नुहुनेछ र विभिन्न विषयमा छलफलपछि निष्कर्षमा पुग्नेछौं,’ उनले भने ।
उनका अनुसार बैठकमा महाधिवेशनसँग सम्बन्धित प्रस्तावसहित विभिन्न समसामयिक विषयमा पनि छलफल भइरहेको छ।
प्रकाशित मिति: २१:०३ बजे, मंगलबार, चैत १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1774364848.jpg)





![धनुषामा अस्ताउँदै गरेको सूर्यलाई दिइयो अर्घ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_4219dfe9(1)-1774364848.jpg)