कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
काठमाडौं, चैत १० : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जनाकारी दिए।
यसअघि आइतबार बसेको बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो।
प्रकाशित मिति: ०८:२४ बजे, मंगलबार, चैत १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)