Kathmandu Press

इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान

सोमबार काठमाडौंको माइतीघरमा अभियन्ता घतानीलगायत तीन जनाले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका हुन्।
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान

काठमाडौं, चैत ९ : सामाजिक अभियन्ता नेल्शन घतानीलगायतले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका छन्।

सोमबार काठमाडौंको माइतीघरमा अभियन्ता घतानीलगायत तीन जनाले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका हुन्।

उनीहरुले १७ वर्षीया इनिशा विकको न्यायका लागि महिला तथा दलितमाथि बलात्कार र हत्या अन्त्य गर ,पीडितलाई न्याय दे, बलात्कारीलाई फाँसी दिने कानुन बनाउ लेखिएको ब्यानर प्रदर्शनगरी ब्यानरमा हस्ताक्षर संकलन कार्यक्रम गरेका हुन्।

उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

photo-1_ba4303c7-1774263741.png

photo-9_2cd14ded-1774263738.png

प्रकाशित मिति: १६:४७ बजे, सोमबार, चैत ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्